वीरगन्ज :

खाँणलाई कांग्रेसले अहिले कारबाही नगर्ने

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री जीवन परियालले खाँणले अनुसन्धानमा सघाइरहेको भन्दै अहिले नै पार्टीले कारबाही गर्नुपर्ने अवस्था नआएको बताए । उनले अहिले नै दोषी भन्न नमिल्ने भन्दै कारबाही गर्नुपर्ने अवस्था आए कारबाही गरिने बताए ।

खाँणलाई कारबाही गर्ने विषयमा पार्टीमा कुनै फरक मतसमेत नरहेको परियारले बताए । खाँण बुधबार आफ्नै निवासबाट पक्राउ परेका थिए । उनलाई तीन दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *