वीरगन्ज :

‘कुलिङ अफ पिरियड’ प्रकरणमा कसैले जानीजानी संसद छलियो : पूर्वमन्त्री गुप्ताको आरोप

श्रेणी : BANNER

23 hours
Pradeep Sah
1.7kViews
1995 Shares

काठमाडौँ,२० साउन । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा उल्लेख गरिएको विवादास्पद ‘कुलिङ अफ पिरियड’ व्यवस्थासम्बन्धी त्रुटिलाई लिएर तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कडा प्रतिक्रिया दिएका छन्।

उनले यो प्रकरणलाई “सुनियोजित साजिश” भनेका छन्। संसदको छानबिन समितिमा बयान दिने क्रममा गुप्ताले उपसमिति सचिव सुरज दुरा, मन्त्रालयकी कर्मचारी मिरा आचार्यलगायतलाई पटकपटक सचेत गराए पनि अन्तिम प्रतिवेदन तयार पार्दा कसैले जानाजान गलत ढंगले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखेको आरोप लगाए।

“घरदैलो निकै भयो जस्तो छ, यो गम्भीर साजिश हो। संसदलाई नै छलिएको छ,” गुप्ताले समितिसामु भने, “म मन्त्री हुँदा प्रतिवेदन समयमै दिनुपर्ने थियो, तर त्यो पनि दिइएन।” उनका अनुसार समितिमा छलफलका क्रममा ‘कुलिङ अफ पिरियड’ हटाउने वा परिमार्जन गर्ने भन्नेबारे स्पष्ट सहमति नभएको र मन्त्रालयले समेत गम्भीरता नदिएको उल्लेख गरे। यो प्रकरणपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र पूर्वमन्त्री गुप्ताबीच समितिमा सवालजवाफको तीखो अवस्थासमेत देखिएको थियो।

सरकारी सेवामा पुनः प्रवेश गर्नुअघि तोकिएको समय (कुलिङ अफ पिरियड) को व्यवस्थालाई लिएर विधेयकमा देखिएको भिन्न व्याख्याले राजनीतिक तथा प्रशासनिक तहमा तरंग पैदा गरेको छ। अब यो विषय संसदीय छानबिनको निष्कर्षले मात्र टुंगोमा पुग्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *