वीरगन्ज :

कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा परवानीपुर गाउँपालिका उत्कृष्ट

श्रेणी : मधेस

9 months
Pradeep Sah
2.1kViews
2000 Shares

वीरगंज । कार्यसम्पादन मूल्यांङ्कनमा बाराकाे स्थानिय तहहरु मध्ये परवानीपुर गाउँपालिका प्रथम भएकाे छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको प्रकाशित नतिजा परवानीपुर गाउँपालिकाले सबै भन्दा बढी अंक प्राप्त गरेकाे हाे ।

नेपाल सरकारबाट आ.व. २०८१/८२ मा यस आयोगको सिफारिशमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको नतिजा सार्वजनिक गरेकाे हाे ।

जस नतिजा अनुसार सबभन्दा बढी परवानीपुर गाउँपालिकाकाले ६६.४७ र सबै भन्दा कम सिम्राैगढ नगरपालिकाले ३४.०१ अंक प्राप्ता गरेकाे छ ।

यसैगरी दाेस्राे स्थानमा कलैया उपमहानगरपालिका ६४.९३, तेस्राे जितपुर सिमरा उपमहानगरपालिकाले ५५, चाैथाे महागढीमाई नगरपालिका ४८.९१, पांचाै करैयामाई गाउँपालिका ४७.१२, छैठाै प्रसाैनी गाउँपालिका ४४.८६ र साताै स्थान बिश्रामपुर गाउँपालिका ४४.५१ प्राप्त गरेकाे छ ।

त्यसैगरी निजगढ नगरपालिकाले ४२.४६, काेल्भी नगरपालिका ४१.०६, आदर्शकाेत्वाल गाउँपालिका ४०.५६, देवताल गाउँपालिका ३९.७७, पचराैता नगरपालिका ३९.६४, सुवर्ण गाउँपालिका ३९.४७, फेटा गाउँपालिका ३९.०८ र बारागढी गाउँपालिका ३९ अंक प्राप्त गरेकाे छ । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *