
श्रेणी : BANNER
30Views
0
Shares
काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन् । थापा २१ हजार ३०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । यस क्षेत्रबाट थापाको यो चौथो जित हो ।
संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं–४ बाटै निर्वाचित भएका थिए ।


प्रतिक्रिया