वीरगन्ज :

काठमाडौं महानगरद्वारा कक्षा ११ मा छात्रवृत्तिको परीक्षाका लागि आवेदन माग

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।

आवेदन आज बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट  entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *