
श्रेणी : BANNER
17Views
0
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने बताएका छन् । आइतबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कोसी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका हुन् ।
उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुराकानी नभएको बताए । अध्यक्ष ओलीले कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताए । उनले भने,‘कांग्रेस नेताहरुसँग फोनमा पनि कुरा भएको छैन । भेट्दा हाइहेलो मात्रै भइरहेको हो ।’ उनले ललिता निवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको बताए।

प्रतिक्रिया