
श्रेणी : BANNER
काठमाडौँ । दलहरुबीच राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस माओवादीसहितका दलको बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने सहमति भएको हो ।
बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूले सर्वसम्मत निर्णय गरेको जानकारी दिए । उनले भने, ‘पिंजड’ अन्ततः भत्किने भयो ! राष्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !’

प्रतिक्रिया