वीरगन्ज :

एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार दिने सांसद शाक्यको घोषणा

श्रेणी : मधेस

4 hours
Pradeep Sah
2.0kViews
1846 Shares

बीरगन्ज,१० चैत । पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद टेक बहादुर शाक्यले आफ्नो निर्वाचन क्षेत्रका एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार दिने घोषणा गरेका छन्।

शिक्षा क्षेत्रमा प्रोत्साहन बढाउने उद्देश्यसहित उनले क्षेत्रभित्रका ६ वटा पालिकाबाट प्रत्येक पालिकामा उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण गर्ने एक–एक जना विद्यार्थीलाई जनही २१ हजार १११ रुपैयाँ प्रदान गरिने जानकारी दिएका छन्।

त्यसैगरी, सम्पूर्ण क्षेत्र नम्बर ४ मा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई विशेष रूपमा ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार दिइने व्यवस्था गरिएको छ।

सांसद शाक्यले यस कार्यक्रममार्फत विद्यार्थीहरूको मनोबल उच्च बनाउने र शिक्षा क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *