श्रेणी : BANNER
      178Views
      
      
      0
      Shares
      
      

वीरगंज (पर्सा), ३० साउन । पर्साकाे जगरनाथपुर गाउँपालिकाले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गरेकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ बिषुनपुरवा निवासी साहिल आलमलाई गाउँपालिकाले रु २ लाख छात्रवृति प्रदान गरेकाे हाे ।
पूर्ण छात्रवृतिमा एमबिबिएस अध्ययनकाे लागि बंगलादेश जान लागेका आलमलाई साेमबार एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले छात्रवृतिको रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा वडा नं. १ का वडाध्यक्ष लक्ष्मी साह तेलि, विनय द्विवेदी, इम्रान आलम लगायतको उपस्थिति रहेको थियो । वीरगंज टाईम्स



    
    
    
									
									
									
        
        
प्रतिक्रिया