श्रेणी : BANNER
वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले उपेन्द्र यादवको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
लोसपा नेपाल बारा क्षेत्र नम्बर २ (क) को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका सोनलले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको सान्दार जित हुने जिकिर गरे । उनले भने, ‘बाराको क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र जीको जित सुनिश्चित छ, उहाँको सान्दार जित हुनेमा कुनै आशंका छैन ।’
प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका उनले गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्तालाई ईमान्दारीताका साथ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । सबैलाई उपेन्द्र यादवका एजेण्डा र विकासका भिजनका बारेमा सचेत गराउन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रचार प्रसारलाई तिव्रता दिन पनि आग्रह गरेका छन् ।
उपेन्द्र यादवको जितले नै मधेशी समुदायको हकहित सुनिश्चित हुने सोनलको भनाई छ । अगुवा कार्यकर्ता भेलालाई प्रदेश सभा सदस्यका उम्मेदवार मोतिलाल कुशवाह, लोसपा केन्द्रीय कार्यकारिणी सदस्य श्याम गुप्ता, महिला नेतृ पिंकी यादव लगायतले सम्बोधन गर्दै उपेन्द्र यादवको जित सुनिश्चित रहेको बताएका थिए । कालिका टाईम्स
प्रतिक्रिया