वीरगन्ज :

इरानमा हिजाब कानून तोड्ने १५० व्यवसाय बन्द

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
12Views
0 Shares

इरानको कडा इस्लामिक ड्रेस कोडअन्तर्गत महिलाले हिजाब लगाउनुपर्ने कानूनको सम्मान नगरेको भन्दै इरानी प्रहरीले आइतबार २४ घण्टामा १५० भन्दा बढी व्यवसाय बन्द गरेको जनाएको छ ।

प्रहरीले अब निगरानी क्यामेरा र अनुहार चिन्ने प्रविधिको प्रयोग गरेर कानून उल्लङ्घन गर्ने महिलाहरूलाई नयाँ निगरानी योजना लागू गरेको बताएको एक दिनपछि बन्दको घोषणा गरिएको थियो । सन् १९७९ को इस्लामी क्रान्तिको केही समयपछि नै महिलाहरूले सार्वजनिक स्थलमा हिजाब लगाउनुपर्ने प्रावधानलाई कानुनमा समावेश गरिएको थियो ।

प्रहरीले १३७ पसल, १८ रेस्टुरेन्ट र रिसेप्सन क्षेत्र बन्द गर्नुपरेको जनाएको छ । गत वर्ष कुर्दिश–इरानी २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनपछि संहिता उल्लङ्घन गर्ने महिलाको सङ्ख्या बढेपछि उक्त कारबाही गरिएको हो ।

गत हप्ता प्रहरी प्रमुख अहमद–रेजा रदानले स्कार्फ फुकाल्नेको ‘स्मार्ट उपकरण’ प्रयोग गरेर पहिचान गरिने बताएका थिए । प्रहरीले कुनै महिला यात्रीले कोड तोडेमा कार मालिकहरूले टेक्स्ट म्यासेज प्राप्त गर्नेछन्, र उनीहरूले बारम्बार अपराध गरेमा उनीहरूको वाहन जफत गर्ने जोखिम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *