वीरगन्ज :

इन्टरनेटमार्फत फैलिएको सट्टेबाजी नियन्त्रणमा, ७ हजारभन्दा बढी एप र साइट हटाइयो

श्रेणी : अपराध

2 hours
Pradeep Sah
1.7kViews
1514 Shares

काठमाडौँ,२२ चैत । अवैध अनलाइन सट्टेबाजी गतिविधि नियन्त्रण गर्न सरकारले ठूलो मात्रामा डिजिटल प्लेटफर्महरू बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा बढी एप र वेबसाइट (युआरएल) बन्द गरिएका छन्। इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा यी प्लेटफर्महरू पहिचान गरी निष्क्रिय पारिएको हो।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार पछिल्लो एक सातामा मात्रै ५० भन्दा बढी उजुरी प्राप्त भएपछि थप निगरानी र कारबाही अघि बढाइएको हो। अवैध रूपमा सञ्चालन भएका सबै पहिचान गरिएका साइट तथा एप तत्काल बन्द गरिएको उनले बताए।

सरकारले मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधार कार्ययोजनाअन्तर्गत सट्टेबाजीसम्बन्धी डिजिटल माध्यम २४ घण्टाभित्र बन्द गर्ने निर्णय कार्यान्वयन गरेको हो।

प्रचलित कानुनअनुसार सट्टेबाजी गर्नु वा गराउनु दण्डनीय अपराध हो, जसमा कैद र जरिवानासम्मको व्यवस्था रहेको छ। साथै, यस्ता गतिविधिलाई प्रोत्साहन गर्ने विज्ञापन पनि निषेध गरिएको छ। सरकारले नागरिकलाई यस्ता अनधिकृत एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै शंकास्पद प्लेटफर्मबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचित गर्न अपिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *