वीरगन्ज :

आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भनी धम्की दिने युवक लागुऔषधसहित पक्राउ

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.9kViews
1309 Shares

जनकपुर,२२ चैत । नेपाल प्रहरीको अधिकृत भएको नक्कली परिचय दिँदै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवकको साथबाट लागुऔषध समेत बरामद गरिएको छ।

सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा बुधबार साँझ करिब पाँच बजे एक व्यक्तिले आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको भन्दै होटल सञ्चालकलाई डरधम्की दिइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरीले अनुसन्धान गर्दा ती व्यक्ति सर्लाहीको हरिवन नगरपालिका–६ का २९ वर्षीय अनुक्रम खरेल भएको खुल्न आएको छ। नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले उनको शरीर खानतलासी गर्दा स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) लागुऔषध बरामद गरेको छ।

हाल खरेललाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *