वीरगन्ज :

आफूलाई सुनयोजित रुपमा फसाउन खोजिएको ढाकाकुमारको दाबी

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनियोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनले प्रसाईंसँग भएको भनिएको कुराकनीको अडियो आफ्नो नभएको दाबी गरे । उनले अडियो इडिट गरेर बनाइएको दाबी पनि गरे । उनले आफू यसका लागि न्यायालय गएको र सफाई पाउने बताए ।

उनले भने, ‘म हिजो न्यायालय गइसकेको छु । न्यायालयबाट क्लिन चिट पाएर आउँछु । तपाईहरु निश्चिन्त हुनुहोला । त्यतिबेलासम्म धैर्यधारण गर्नुहोला ।’ उनले जनवरीमा भएको भनिएको कुराकानी अहिले ल्याएर सार्वजनिक गर्नु भनेको पार्टीलाई निर्वाचनमा धक्का दिनका लागि भएको बताए । उनले तीनै निर्वाचन क्षेत्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *