वीरगन्ज :

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय—आर्थिक समीक्षा र सुधारका लागि बहु कार्यदल गठन

श्रेणी : अर्थ

2 hours
Pradeep Sah
1.8kViews
1622 Shares

काठमाडौं,१३ चैत । स्वर्णिम वाग्लेले अर्थमन्त्रीको पदभार सम्हाल्दै देशको आर्थिक अवस्था सुधारतर्फ केन्द्रित महत्वपूर्ण निर्णयहरू गरेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारमा उनले पहिलो निर्णयस्वरूप विभिन्न कार्यदल गठन गरेका हुन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेसँगै वाग्लेले हालको आर्थिक अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गर्न एक कार्यदल गठन गरेका छन्। उक्त टोलीलाई चैत १३ गतेसम्मको समग्र आर्थिक अवस्था समेटिएको प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र कार्यान्वयन तथा नयाँ जनादेशअनुसार स्पष्ट कार्ययोजना बनाउन अर्को कार्यदल बनाइएको छ।

अर्थतन्त्र सुधारका लागि वाग्लेले उच्चस्तरीय सुझावअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने सम्भावना र करिब १५ वटा पुराना कानुन संशोधन वा खारेज गर्ने विषयमा अध्ययन गर्न पनि छुट्टै कार्यदल गठन गरेका छन्।

निजी क्षेत्रको सुरक्षा, लगानीमैत्री वातावरण निर्माण तथा ठूला आयोजनाहरूलाई तीव्रता दिने उपायबारे अध्ययन गर्न समेत थप कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री वाग्लेले अबको प्राथमिकता आगामी बजेट निर्माणमा केन्द्रित रहने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *