वीरगन्ज :

सुनको मूल्य फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?

श्रेणी : अर्थ

3 years
birgunj report
62Views
0 Shares

काठमाडौं, २८ भदौ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको जनाएको छ ।सोमबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ९३ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै तेजाबी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *