वीरगन्ज :

सिटी सफारीको ठक्करबाट इटहरीमा पैदलयात्रीको मृत्यु

श्रेणी : समाचार

3 years
birgunj report
97Views
0 Shares


काठमाडौं, ५ असोज ।
सुनसरीको इटहरी उपमहानगरपालिका–९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १ ०२ ००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो । घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *