वीरगन्ज :

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

श्रेणी : समाचार

3 years
birgunj report
10Views
0 Shares

काठमाडौं, भदौ २७ गते
सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल र्पुयाउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *