श्रेणी : BANNER
8Views
0
Shares
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको बताएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो । कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।
उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया दिए । चाँडै सहमति गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने बताए ।
प्रतिक्रिया