![](https://birgunjreport.com/wp-content/uploads/2022/09/307294184_3240703132819991_109532622374962651_n-1024x453.jpg)
श्रेणी : मनोरञ्जन
7Views
0
Shares
काठमाडौं । गायक शितल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संजिव के खाती को शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्यूब च्यानलमा सार्वजनिक भएको हो ।
गीतको एरेन्जर कमल सौरग हुन् । भिडियोमा सबिन पौडेल, प्रिया गुरुङ, मनोज नहर्की र आर्जु अधिकारीको अभिनय रहेको छ । भिडियोलाई विकासित शर्माले निर्देशन गरेका हुन् भने लक्ष्मण घिमिरेले भिडियोको छायाँकन गरेका हुन् । भिडियोको रमित ओलीले सम्पादन गरेका छन् ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया