वीरगन्ज :

शहीदको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको छ –महेन्द्रबहादुर शाही

श्रेणी : कर्णाली

2 years
birgunj report
34Views
0 Shares


काठमाडौं । भदौ ४ गते
प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । आज प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्।

शाहीले भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र भौतिक विकास गरि अघि ल्याउन माओवादी अग्रसर रहेको जिकिर गरेका छन् । कर्णालीबासीले आफ्नो प्रदेश प्राप्तिका लागि वलिदानीपूर्ण संघर्ष गर्नुपरेको उनले बताएका छन् ।हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश कायम गरिएको विरोध तथा प्रदेश बासीका लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र ४ जना शहीदहरुको बलिदानी पश्चात नै कर्णाली प्रदेश स्थापना भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *