![](https://birgunjreport.com/wp-content/uploads/2022/09/3-10-1024x600.jpg)
श्रेणी : राजनीति
60Views
0
Shares
काठमाडौं, भदौ २२ गते
राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समितिमा चारजनाकै उम्मेदवारी परेको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन् ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया