वीरगन्ज :

राजनीतिक गुटहरूबीच घातक झडप, २३ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । भदौ १२ गते
लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गरेको छ । झडपका क्रममा कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते भएका त्रिपोलीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा युवा हास्य कलाकार मुस्तफा बराका पनि रहेको एक अधिकारीले बताएका छन् । सन् २०११ मा नेटो समर्थित विद्रोहले तत्कालीन शासक कर्णेल मौमुर गद्दाफीलाई अपदस्थ गरेपछि लिबिया अराजकतामा छ ।

राजधानीका विभिन्न स्थानमा आगलागी र विष्फोट भएका विवरण सार्वजनिक भएका छन् । हिंसामा अस्पतालहरू प्रभावित भएका छन् । भिडन्त भएको वरपरका क्षेत्रबाट मानिसहरू विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *