
श्रेणी : राजनीति
9Views
0
Shares
काठमाडौं । भदौ २ गते
मार्क्सवादलाई नै विकसित गर्नुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको भनाई छ । आज रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले मार्क्सवादलाई आजको विश्वको आवश्यकता र आजको श्रमजीवीको आवश्यकता अनुकुल परिमार्जन गर्नुपर्ने चुनौती भएको बताएका हुन्।
उनले वामपन्थी आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत र एकीकृत गरेर अगाडि बढ्नुपर्ने बताए। निर्वाचनको तयारी हेर्दा केहि समाचार सकारात्मक भएको महसुस गरिसकेको उनको भनाई छ । चाहे हँसिया हथौंडामा चुनावमा लड्ने निर्णय साथीहरुको स्थिति होस् वा चाहे पार्टी एकताका निम्ति संयोजन समिति बनाउने निर्णय होस् सकरात्मक रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया