वीरगन्ज :

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ

श्रेणी : समाचार

2 years
birgunj report
9Views
0 Shares


काठमाडौं, भदौ २३ गते

मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा।२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो ।

बागझोरा पुगेपछि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । कारमा सवार हाल फरार अन्य एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *