वीरगन्ज :

बाराको विश्रामपुरमा ५० लाखको लागतमा विवाह भवनको शिलान्यास

श्रेणी : अर्थ

4 weeks
Pradeep Sah
2.3kViews
1594 Shares

बारा,१९ जेठ । बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५, ईटियाहीमा ५० लाख रुपैयाँको लागतमा निर्माण हुने विवाह भवनको शिलान्यास गरिएको छ। मधेस प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको बजेटबाट निर्माण हुने भवनको शिलान्यास वडा अध्यक्ष अमिरिलाल गुप्ताको पहलमा सम्पन्न गरिएको हो।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा स्थानिय नेता धर्मदेव यादव, मनिर देवान, समाजसेवी कृष्णा साह, गोपिचन्द गुप्ता लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष गुप्ताले भवन निर्माणको लागि पूर्व अतिक्रमित जग्गा खाली गराएर कार्य अघि बढाइएको जानकारी दिए। उनका अनुसार, “यो भवनले विवाहलगायत अन्य सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूका लागि स्थायी संरचना प्रदान गर्नेछ।”

गाउँपालिका अध्यक्ष भुट्टोले यस निर्माणलाई सामाजिक, सांस्कृतिक समृद्धिको प्रतीकका रूपमा व्याख्या गर्दै सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।

वडा अध्यक्ष गुप्ताका अनुसार निर्माण कार्य चाँडै सुरु भइ समयमै सम्पन्न गरिने योजना बनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *