वीरगन्ज :

तेस्रो जितको लक्ष्यसहित पर्सा–१ बाट प्रदीप यादव चुनावी मैदानमा

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.8kViews
1588 Shares

वीरगन्ज,०८ माघ । पर्सा–१ बाट लगातार दुई पटक विजयी सांसद प्रदीप यादव अब तेस्रो पटक विजयी बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।

२०७४ र २०७९ सालमा क्रमशः संघीय समाजवादी पार्टी र जसपा नेपालबाट विजयी भएका यादवले पर्सा–१ मा इतिहास रचेका छन्। यसपालि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन्। यादवले आफ्नो कार्यकालमा खानेपानी समस्या समाधान, हैजा नियन्त्रण र कोरोना महामारीमा जनताको घरदैलोमा पुग्ने काम गरेको स्मरण गराए।

उनी यस निर्वाचनमा संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि एमाले रोजेको बताएका छन्। पर्सा–१ मा यादवसँगै नेपाली कांग्रेसका अनिल रुंगटा, रास्वपा हरि पन्त, जसपा नेपालका रामरेश प्रसाद यादव लगायत करिब ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *