वीरगन्ज :

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ–माधव नेपाल

श्रेणी : राजनीति

2 years
birgunj report
14Views
0 Shares


काठमाडौं । भदौ ७ गते
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् ।

माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *