वीरगन्ज :

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ

श्रेणी : समाचार

2 years
birgunj report
6Views
0 Shares


काठमाडौं, भदौ २८ गते
दाङ, मकवानपुर र बाराबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १४० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय अमृत चौधरी लगायत ३ जना छन् । उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले लजको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० आनन्द टोल डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय समिर सिद्धिकी र उनकै श्रीमती रिजु कुमारी दासलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ८ ग्राम २४० मिलिग्राम खैरो हेरोईनसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ टेडा पुल नजिकै भित्री सडकबाट करिब ११ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २७ वर्षीय फरीयाद अन्सारी लगायत छन् ।

जितपुरबाट हरपुरतर्फ जाँदै गरेको ना २ ह २६२८ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी अटो चालक अन्सारी लगायत उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *