वीरगन्ज :

अमेरिकामा ग्रिनकार्ड आवेदनमा नयाँ नियम, अब स्वदेश फर्केर मात्र प्रक्रिया गर्नुपर्ने

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
2.0kViews
1881 Shares

बीरगन्ज,०९ जेठ । अमेरिकाले ग्रिनकार्ड (स्थायी बसोबास अनुमति) का लागि आवेदन प्रक्रियामा नयाँ नीति लागू गरेको छ। नयाँ नियमअनुसार अब अमेरिकाभित्रबाट ग्रिनकार्ड आवेदन दिन नपाइने भएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले लागू गरेको यस नीतिअनुसार विद्यार्थी, पर्यटक तथा अस्थायी कामदार भिसामा रहेका व्यक्तिहरूले अब आफ्नो गृहदेश फर्किएर मात्र अमेरिकी दूतावासमार्फत आवेदन दिनुपर्नेछ।

नयाँ व्यवस्थामा ग्रिनकार्डलाई स्वतः प्राप्त हुने अधिकार नभई प्रशासनिक निर्णयमा आधारित सुविधा भएको स्पष्ट पारिएको छ। साथै, अमेरिकामा बसेर स्टाटस परिवर्तन गर्ने प्रयासलाई नकारात्मक रूपमा लिइने चेतावनी पनि दिइएको छ।

तर एच–वान–बी, एल–वान भिसाधारक तथा शरणार्थीहरूलाई भने केही हदसम्म छुट दिइएको बताइएको छ। यसैबीच, आप्रवासन नियन्त्रणलाई थप कडाइ गर्न ट्रम्प प्रशासनले देशनिकालासम्बन्धी मुद्दा छिटो टुंग्याउन ८० भन्दा बढी नयाँ अध्यागमन न्यायाधीश नियुक्त गरेको छ, जुन न्याय मन्त्रालयको इतिहासकै ठूलो एकल नियुक्ति मानिएको छ।

यस्तै, आप्रवासन र सीमा सुरक्षासम्बन्धी अर्बौं डलरको विधेयक सिनेटमा रिपब्लिकन सांसदहरूको विरोधका कारण संकटमा परेको बताइएको छ। न्याय मन्त्रालयको प्रस्तावित १ अर्ब ८० करोड डलरको कोषलाई लिएर पार्टीभित्र मतभेद देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *