वीरगन्ज :

अछामको विनायकमा एक जना युवक मृत अवस्थामा फेला

श्रेणी : समाचार

2 years
birgunj report
9Views
0 Shares


काठमाडौं । भदौ १५ गते
अछामको विनायकमा एक जना युवक मृत भेटिएका छन् । पञ्चदेवल विनायक नगरपालिका–२ मा मंगलबार राति करीब करिब ११ बजेतिर २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो। उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थिए।

मध्यपहाडी लोकमार्ग अन्तर्गत विनायक बजार नजिकै सडकको नालीमा धामी मृत भेटिएका थिए ।मृत भेटिएका धामीको टाउकोमा चोटपटक लागेको रसडकमाथिको ठूलो भिरबाट लडेको हुन सक्ने प्रहरीको शंका छ। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *