वीरगन्ज :

उपेन्द्र यादव पदलोभी हुन, उनले आफ्नो स्वार्थ पूरा गर्न मधेशका सपना बेचेः मोहम्द इश्तियाक राई

श्रेणी : BANNER

7 days
Pradeep Sah
2.4kViews
1525 Shares

वीरगन्ज, १६ माघ । नेपाल पोष्ट टिभीका सहकर्मी मनोज पटेलले जनता समाजवादी पार्टीका केन्द्रिय महासचिव इश्तियाक राई सँग वीरगन्जमा संम्पन्न पार्टीकाे केन्द्रिय समिति बैंठकको विषयमा कुराकानी गरेका छन् । कुराकानीको विस्तृत विवरण यसप्रकार रहेकाे छ :

बैंठकले के निर्देश गरेको छ ?, पार्टी अब कसरी अगाडी बढ्छ ?, र मधेशी जनताले बैंठकले कसरी अर्थपूर्ण रुपमा निर्णय लिन्छ भनेर हेरिरहेको अवस्था छ, त्यस्तै विभिन्न दलमा आवद्ध लगायत नेताहरूले समेत हेरिरहेका छन् ,यसमा तपाईको प्रतिक्रिया के छ ?, बैंठकले के कस्ता गहन विषयमा छलफल गरेको छ ?

खासगरी ऐतिहासिक नगरी वीरगन्ज मधेश आन्दोलन देखि अहिले पनि ऐतिहासिक नगरीकै रुपमा रहेको र संघीय राजधानी काठमाडौंबाहिर पनि पार्टीको बैंठक बस्नु पर्छ भन्ने उदेश्यका साथ दुई दिने केन्द्रिय समितिको बैंठक राखेको बताउँदै बैंठकको प्रमुख चार पार्टहरु रहेको र ती चार पार्टहरुमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव , समसामयिक प्रस्ताव र राजनीतिक दस्तावेज पास भएको बताए ।

पार्टी स्थापना भएदेखि अहिले दोस्रो बैंठक संम्पन्न भइसकेकोले पार्टी किन स्थापना भयो, पार्टी विघटन किन गर्नुप¥र्यो भन्ने विषय पहिलानै स्पष्ट भइसकेको बताउँदै राइले भने, “विभाजन पश्चात् पार्टीले गरेका गतिविधीहरु, गरेका कामहरु, सरकारमा सहभागिताको विषयहरुलगायत ज्वलन्त मुद्दाहरुको विषयमा छलफल गरी संगठन विस्तारको अवस्था के छ र बाँकी कामहरु कहिलेसम्म संम्पन्न हुने भन्ने विषयमा छलफल भएको बताए । “

केही विभागहरुको पुर्नगठन लगायतको विषयमा पार्टी विभाजन लगत्तै विचार मिल्ने दल, समूह, शक्ति,र पार्टीसँग एकीकरण, कार्यगत एकताका विषयमा पहिलानै आफूलगायत राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा रेनु यादव,प्रशुराम यादव लगायतको कमिटि गठन भई सकेको जानकारी उनले दिए ।

कस्ता दलसँग एकीकरण गर्नुहुन्छ ?, मधेश केन्द्रित दललाई जोड्ने कोसिस गर्नु हुन्छ कि ? अन्य सबै राष्ट्रिय पार्टी लाई पनि जोड्नु हुन्छ ?

आफूहरुको पार्टी राष्ट्रिय मान्यता पार्टी भएको उल्लेख गर्दै उनले भने पार्टीमा ,हिमाल, पहाड, तराईका व्यक्तिहरु सहभागी रहेको र समावेशी स्वरुपमा नै पाटी रहेको दाबी गरे ।

नेपालको सन्र्दभमा सम्भव ९९ प्रतिशत एकीकरणहरु असफल भएको अवस्था छ , जसका कारण एकीकरण नै गर्दै नगर्ने भन्ने नभएको उल्लेख गरे । उनले भने प्रमुख मुद्दाहरुमा, संघीयता, समावेशीता, गणतन्त्र लगायतको मुद्दाहरुमा बेलाबखत प्रहार भयो भने बर्तमान् समयमा संविधान संशोधन लगायतको विषय पनि उठिरहेको अवस्थामा सबै दलको आ–आफ्नै दृष्टिकोण हुने र आफूहरु पनि पहिलादेखी नै सजग भएको राइले बताए ।

थे्रसहोल्ड तीन प्रतिशतबाट माथि पु¥याउने ठूला दलहरुको मनशाय भनौं या आवाज भनौं आईरहेको छ । यस विषयमा तपाईको केन्द्रिय समितिको बैंठकमा छलफल भएको छ कि छैन ?

यो विषयमा पहिला नै छलफल भएको बताउँदै उनले भने “अहिलको अवस्थामा सबै साना दल वा मदेशवादी दल हरु भेला भएर कार्यगत एकता गरी एउटा फोरममा अगाडी बढ्नुपर्छ भन्ने भएको र ठूला दलहरुले मल्टिपार्टी शिष्ट्मबाट पार्टीमा जान खोज्दा चाहिँ हामी सचेत रहनु पर्छ भन्ने र प्रजातान्त्रिक मुलुकमा त्यो कदापी स्वीकार्य गर्ने विषय नभएको दाबी गरे । ”

धेरै दलहरु भएकाले तोडफोड, सरकार गिराउने, मन्त्री बन्नकै लागि भए पनि पार्टी फुटाउने प्रवृतिलाई रोक्न तपाईकाे पार्टीले सक्छ कि ?

आफूले भारतमा अध्यन गरेको र आफू नेपाली नागरिक भएकाले नेपालमा आएर राजनितिमा लागेका जानकारी दिँदै राजनीतिक इतिहास बिर्सिएको उल्लेख गर्दै राईले भने दुई तिहाईको विपीको सरकार चलेन, २०४८ मा कांग्रेसको सरकार चलेन, २०५६ मा काग्रेसको बहुमतको सरकार चलेन के त्यसमा साना दल थिए भन्ने प्रश्नका साथ कम्युनिष्ट दुई तिहाईको कम्युनिष्ट पार्टी र दुई तिहाईको नजिक सरकार बन्यो भने त्यसमा थे्रसहोल्डको दोष थियो ? त्यो होइन आफूहरुले उठाएको स्थायीत्व चाहियो भन्ने मनोवृत्ति र सोचहरु चाहीँ स्वीकार्य नहुने एजेण्डामा पार्टीहरु मिलेर सरकार बनाउने र त्यो मुद्दामा स्थिरता नहुने भएकाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री जे शब्द राखे पनि संविधानमा चार वा पाँच वर्ष जे अवधी राख्छौ. भने पनि त्यस्ले स्थायित्व दिनेमा उनले जोड दिए ।

पटक–पटक आन्दोलनबाट शत्ति प्राप्त गरेको पार्टी र हैसियतमा पुगेको र ठूला मधेश केन्द्रित दलहरु पनि एक ठाउँमा रहेनन, तत्कालीन मदेशी मोर्चामा रहेको दलहरु बाहिर छन्र । के यसले केन्द्रका ठूला दलहरुूले भारतमा अग्रेजहरुले विभाजन गरी शासन संञ्चालन गरे जस्ता्े मधेशमा पनि लागू गर्न खोजेको ठान्नुहुन्छ कि हुदैँन ?

मधेशी मोर्चाका कुरा गर्दा तीन मोर्चामा आन्दोलन भएको बताउँदै राइले भने मधेशी जनअधिकार फोरम त्यसपछी राजेन्द्र महतो आएपछी मधेशी मोर्चा र महन्थ ठाकुर आएपछी सयुक्त मधेशी मोर्चा रहेको बताए । तीनै मोर्चाका तीनै पार्टीका नेताहरु लाठी खाने, जेलनेल जाने र संर्घषको अग्र पंक्तिमा देखिएकोले नेताहरुको व्यातिगत स्वार्थ, निहित स्वार्थ र एकल निर्णय लाद्ने प्रवृत्तिले भताभुङ्ग बनाई दिएको उनले गुनासो पोखे ।

जुनसुकै पार्टी भएपनि पटक–पटक पार्टी फुट्दा कमजोर हुन्छ नै जनताको मुद्दा कमजोर हुन्छ, तपाइहरु कमजोर बन्नुहुन्छ र केन्द्रमा तपाईहरुको पँहुच दबदबा सुन्ने एजेन्डाहरु पनि कमजोर हुन्छ यसलाई त स्वीकार गर्नु हुन्छ नि ?

प्रचण्ड र उपेन्द्रले एक–एक वटा चुक गरेको आरोप लगाउँदै उनले भने,“ प्रचण्डले २०६४ मा संसद विघटन गर्दा एजेन्डा ल्याईदिएको भए त्यसमा ५०० बढीले हस्ताक्षर गर्ने थिए । संक्षिप्त संविधान भन्ने लगायतका विभिन्न विषय पनि संघिय लोकतान्त्रिक गाण्तन्त्रत्रात्मक भन्ने संघिय, समावेशिता, प्रदेस सिमान सहित ल्याईदिएको भए संक्षिप्त संविधान जारी गरी बाँकी प्रतिनिधिसभामा परिणत गर्नु पर्नेमा त्यस्तो नगरेको र उपेन्द्रले त्यो सवैभन्दा ठूलो गल्ती गरे । उपेन्द्रले यो देशको सबेभनदा बौद्ध्रिक नेतामा मधेशबाट सिनियर नेता जयप्रकाश गुप्ता, थारुको नेता विजयकुमार गच्क्षदार, राजेन्द्र महतो, रेनु यादव, बाबुराम भट्टराई, र महन्थ ठाकुर जस्ता नेताहरुले उनको नेतृत्व स्वीकार गरी आएको र अशोक राइले पनि उनको नेतृत्वलाई स्वीकार गरेपनि उपेन्द्रले सबैलाइई सम्हालेर राख्न सकेनन । उपेन्द्र सबैभन्दा इमान्दार र स्वच्छ भएको भए एउटा चोर, एउटा बैमान, एउटा पदलोभी थियो भने विवादित भएर गयो । यदि उनको कारणले होइन भने दर्जनौं नेताहरुले किन छोडेर गए ? उनले भन्छन हामी पदलोभी हौं,दलालले हामीलाई मन्त्री बनाई दिन्छ तर सबैभन्दा धेरैपटक मन्त्रि बन्ने उनी आफै भएको उल्लेख गर्दै आफूले पाएको अवसर र स–अस्तित्वहरु स्वीकार गर्न नसकेको काराण मधेशी दलहरु कमजोर बनेको हो । ”

प्रश्न मधेशी दलहरु छिन्नबिन्न हुने जिम्मेवारी उपेन्द्रले लिनुपर्छ ?

उनलाई स्वीकार गरेर आएका सबै नेताहरुलाई समेटेर राखेको भए हामी एमाले र कांग्रेस भन्दा ठूलो पार्टी हुने थियौं ,तर उपेन्द्रले सम्हाल्न नसकेको कारण टुटफुट भएको उनको दाबी छ ।

प्रश्न ३२ सिटमा प्रधानमन्त्री बनी हाल्छ यो कुरा किन सोच्नुहुन्न ?

आफूहरुले यस बारेमा सोचेको तर उपेन्द्रले नसोचेको कारण पार्टी विभाजन भएको बताउँदै पाटी विभाजनको सम्पूर्ण जिम्मेवारी उपेन्द्रकै भएकोमा उनले जोड दिए । उनले थपे प्रदिपलाई हराउने प्रयास भए, आफ्नो क्षेत्रमा गठबन्धन नदिएको त्यस्तै राजेन्द्रको क्षेत्रमा समेत गठबन्धन नदिएको र कांग्रेसले सिट दिईरहेको ठाउँमा एमाले सँग सहकार्य गरी आएछी नि छोड्नु प¥र्यौ, एमालेले आफ्नो नेताको बारेमा सोच्यो उपेन्द्रले आफ्नो पार्टीको नेताहरुको बारेमा नसोचेको र पार्टीप्रति इमान्दार भएका नेता मेरै नेतृत्व लिइदिन्छ कि भन्ने आफैँलाई शंका गर्ने प्रवृत्ति एकलौटी निर्णय गर्ने, डिकटेटरसिपको प्रवृत्ति र आफूलाई बहिर ठूलो भन्ने प्रवृत्ति, कहिँले कसलाई कहिँले कसलाई दोष दिने भएकाले पार्टी विघटनको अवस्था आएकोले पाटी विघटनको सम्पूर्ण जिम्मेवारी उपेन्द यादव लेनै लिनुपर्ने उनको दाबी छ ।

पार्टीका अन्य नेताहरुलाई पनि अवसर दिएको ,तर उपेन्द्रले आफ्नो बारेमा मात्र सोचेको उनको भनाई छ ।

प्रश्न जसपा नेपाल र अन्य पार्टीहरु तपाईको पार्टीमा प्रवेश गर्न इच्छुक नभएको देखिन्छ । यसमा तपाई के भन्नुहुन्छ ? ०८४ मा जनता समाजबादी पार्टीलाई बलियो बनाई जनताको मन जित्नका लागि आधारहरु के छन् त ?

जनता सामू आफ्नो पार्टी लोकप्रिय बन्दै गइरहेको दाबी गर्दै, उनले भने जसपामा विभिन्न सामाजिक व्याक्तिहरु, तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सहित नेपाल भरीका विभिन्न जिल्लाका केन्द्रिय सदस्यहरु प्रवेश गराएको र उपेन्द्र यादवको भन्दा जसपाको धेरै सांसद रहेको बताए । त्यस्तै उनले उपेन्द्र राजनीतिमा सबैभन्दा धेरै फटाई गर्ने र झुट बोल्ने व्याक्ति भएको पनि बताए ।

क्षेत्रफलमा काठमाडौं भन्दा ठुलो रहेको वीरगन्ज महानगरपालिकालाई संघीय सरकाबाट प्राप्त हुने बजेटको आकार भने एकदमै सानो रहेको गुनासाहरु हामीले सुनिरहेका छौँ । यतिबेला सरकारमा तपाईहरु हुनुहुन्छ तर पनि दबाब दिनु सकिरहनुभएको छैन, मधेशबाट संकलन हुने राजस्को आधारमा मधेशको विकासका लागी बजेट नपाएको मेयर, मुख्यमन्त्री, सांसद लगायतको एउटै राय छ, १८÷२० वर्ष मधेश आन्दोलन गरियो मधेशले त्यसबाट धेरै मूलयहरु चुकाउनु प¥र्यो तर पनि मधेशको विकास अहिँलेपनि जहाँको त्यहीँ छ । तपाई के भन्न चाहानुहुन्छ ?

बजेट व्यवस्थापनका कुरा गर्दा अहिलेको बजेटपछी मन्त्रीहरु ब्नेको उल्लेख गर्दै कुनै पनि बजेट अहिले नबनेको र बन्ने अवस्थामा नरहेका र मधेशको विकासलाई हेर्ने हो भने हुलाकी रार्जमार्ग ९० प्रतिशत संम्पन्न भईसकेको र महेन्द्र राजकार्गको ५० प्रतिशत निमार्ण तथा पुनः निमार्ण भइसकेको जानकारी दिर्दैँ उनले भने “आर्थिक नगरीको रुपमा रहेको वभििरगन्ग कोरोनापछी विश्वमै आर्थिक संकट व्यर्होर्दै आइरहेको सन्र्दभमा वभििरगन्जमात्रै नभएर भैरहवा, विराटनगर, नेपालगन्ज लगायत देशले नै समस्या भोगी रहेको र त्यसलाई सुधार गर्नै कार्य योजनाका साथ अर्थ मन्त्रालय लागी परेको जस्तै मौद्रिक निति हेरफेर गर्ने, ,व्यवसायीहरुलार्य सहज हुने अध्यायदेशहरु ल्र्यारहेका र जुन अध्यायदेशको सन्र्दभमा व्यवसायीहरुले चित्तबुझ्दो सरकारको प्रशससा गरीरहेको छ ।”

यतिबेला सरकारमा भएका यहाँका नेताहरुले आ–आफ्नो कार्यक्षेत्रमा स्रोतसाधन अनुसार अपेक्षाकृत काम गरिरहेकोमा जोड दिदैँ विगतका नीरहरु हेर्ने हो भने दुई तिहाई र बहुमतले पनि सरकारलाई स्थायीत्व दिन नसकेको उनको भनाई थियो । निति नियम बनाउन संसदको आवश्यकता पर्ने र सकार्यकार िअधिकार भएको प्रधामन्त्री वा राष्ट्रपति जे ना दिएपनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारी हुर्नुपर्ने र त्यसबाट मुलुकमा राजनीतिक स्थिरता ल्याउन सकिनेमा उनले जोड दिए । साथै महिनै पिच्छै मन्त्रि परिर्वतन भइरहने समस्या समाधान भएकमा समग्र मुलुकको विकास हुनेमा दुविधा नरहेको उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *