वीरगन्ज :

वडा ९ र १० मा एमाले उम्मेदवार रिमा यादवको घरदैलो अभियान तीव्र

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.8kViews
1665 Shares

वीरगञ्ज, १२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादव ले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ र १० मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेकी छन्। चुनावी अभियानलाई तीव्र बनाउँदै उनले स्थानीय बासिन्दाको घरदैलोमा पुगेर प्रत्यक्ष संवाद गरेकी हुन्।

कार्यक्रमका क्रममा उम्मेदवार यादवले आफ्नो उम्मेदवारीको लक्ष्य, क्षेत्र विकासका प्राथमिक योजना तथा आगामी कार्यदिशाबारे मतदातालाई जानकारी गराइन्। उनले स्थानीय तहदेखि संघीय स्तरसम्म समन्वय गरेर विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गर्दै जनताका सुझावलाई योजनामा समेट्ने आश्वासन दिइन्। भेटघाटका क्रममा स्थानीय बासिन्दाले खानेपानीको अभाव, सडकको कमजोर अवस्था, सरसफाइ व्यवस्थापन, रोजगारी अवसरको कमी तथा पूर्वाधार विकासमा ढिलाइ जस्ता समस्याहरू उठाएका थिए।

यादवले जनताको विश्वास जित्नेमा आफू आशावादी रहेको बताउँदै निर्वाचनपछि क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता दोहोर्‍याइन्। उनले विकासका योजनाहरू परिणाममुखी र जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमले अघि बढाइने बताइन्। साथै, सामाजिक सेवा, महिला सशक्तीकरण र युवाका अवसर विस्तारलाई पनि आफ्नो प्राथमिक कार्यसूचीमा राखिएको जानकारी दिइन्।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले विकास र स्थायित्वका लागि सही नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *