वीरगन्ज :

सुन तस्करी अनुसन्धानका लागि संसदीय समिति हामीलाई स्वीकार्य छैनः अध्यक्ष ओली

श्रेणी : BANNER

1 year
birgunj report
6Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफूहरुले संसद चलाउन खोजेपनि सरकारले चल्न नदिएको आरोप लगाएका हुन् ।

उनले सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमो क्रियाशील रहेको दाबी गरे । उनले भने, ‘हामी संसद चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्याकजुरुक्क सबै उठेर हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ।’अध्यक्ष ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले एक क्वीन्ट सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।उनले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताए । अध्यक्ष ओलीले वहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने माग गरे । उनले संसदीय समिति कस्तो हुन्छ भन्ने कुरा गतवर्ष नै हेरिएको बताए ।अध्यक्ष ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताए । उनको प्रश्न थियो, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’ उनले समिति गठन नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने पार्टीको नीति रहेको बताए ।उनले भने,‘यो माग पूरा नहुँदासम्म निरन्तर दबाबका कार्यक्रम गर्ने पार्टीको स्पष्ट नीति रहेको छ। सरकारको संरक्षणमा तस्करीका धन्दाहरू मौलाउन थालेका छन्। सरकारले विपक्षीहरू प्रति प्रतिशोध साँध्ने र अपराधहरूलाई ढाकछोप गर्ने बाटोमा उद्दत छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *