वीरगन्ज :

७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.7kViews
1530 Shares

काठमाडौं, ६ चैत्र । गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो।

गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

यसैगरी, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् । उनी उपसचिव हुन् । गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *