२०८२ श्रावन २१, मंगलबार

वीरगन्ज :
०६:२१:२६

७ दिनभित्र गैरहाजिर प्रहरीलाई उपस्थित हुन निर्देशन

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.2kViews
1799 Shares

काठमाडौं, ११ फागुन । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन १० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गर्दै उनीहरूको नाम, ठेगाना सार्वजनिक गर्दै समयमै हाजिर नभए कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

गैरहाजिर हुनेहरूमा प्रहरी सहायक हवल्दार कृष्ण कार्की छन्, जो बागलुङ नगरपालिका–८ निवासी हुन्। उनको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा भए पनि उनी २०८१ पुस २९ गतेदेखि अनुपस्थित रहेका छन् ।

त्यस्तै, प्रहरी जवानहरू मोरङका रञ्जित श्रेष्ठ, पाँचथरका विनम ज्ञाङमी, रामेछापकी अस्मी तामाङ, दाङ घोराहीका प्रज्वल घर्ती र प्युठानका रेशम पुन पनि सम्पर्कविहीन छन् ।

बागलुङका खिमबहादुर केसी, शम्शेर घर्तीमगर, कृष्ण विक तथा बर्दियाका प्रहरी कार्यालय सहयोगी जनकबहादुर गाईनसमेत कार्यालयको सम्पर्कमा नरहेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, तोकिएको समयभित्र हाजिर नभए उनीहरूलाई कानुनी प्रक्रियाअनुसार कारबाही गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *