वीरगन्ज :

६ विकास बैंक र फाइनान्समा राष्ट्र बैंकको कडा निगरानी

श्रेणी : अर्थ

11 months
Pradeep Sah
2.9kViews
1601 Shares

काठमाडौं,२५ पुस । नेपाल राष्ट्र बैंकले कमजोर वित्तीय स्थिति भएका केही विकास बैंक र फाइनान्स कम्पनीमाथि कडा निगरानी सुरु गरेको छ। बैंकले ६ संस्थाको तरलता स्थिति गहन विश्लेषण गरिरहेको जनाएको छ।

निगरानीमा परेका संस्थाहरूमा नारायणी विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, र जानकी फाइनान्स रहेका छन्।

पछिल्लो समय केही संस्थाले कमजोर वित्तीय स्थिति लुकाएर झुटा विवरण सार्वजनिक गरेको पाइएपछि राष्ट्र बैंक सतर्क बनेको हो। कर्णाली विकास बैंकले खराब कर्जाको दर ४१ प्रतिशत हुँदाहुँदै केवल ८ प्रतिशत मात्र देखाएको घटनाले राष्ट्र बैंकलाई थप सशक्त अनुगमन गर्न बाध्य बनाएको छ।

राष्ट्र बैंकका अनुसार, यस्ता संस्थाको वित्तीय पारदर्शिता सुनिश्चित गर्न र सम्भावित वित्तीय जोखिम रोक्न निगरानीलाई अझ प्रभावकारी बनाइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *