वीरगन्ज :

६ महिनामा १६ अर्बको स्मार्टफोन र १८ करोडको स्मार्ट वाच आयात

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.2kViews
1275 Shares

काठमाडौं,१७ माघ । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ ।

भन्सार विभागको पुस मसान्तसम्मको तथ्यांकअनुसार, १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ । उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

सोही अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ । उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *