
श्रेणी : अपराध
वीरगन्ज, २५ माघ । बारा प्रहरीले अबैध सामनसहित ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा पथलैया चाैकीबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वाडा १ पथलैया चोकस्थित चेकजाँचका क्रममा ना. ८ ख ४५६३ नम्बरको ट्रकबाट कस्मेट्रिक, जुत्ता, कपडा, औषधि,हार्डवेयरलगायतका बिल भरपाई भन्दा बढी र स्रोत खुलाउन नसकिएको ६६ लाख ४७ हजार ९५० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उता मटिअर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मठ क्षेत्रमा भारतबाट लुकाइछिपाइ ल्याइएका १ लाख १८ हजार रुपैयाँ बराबरका कपडा नियन्त्रणमा लिएको छ। सामान बोकेका व्यक्ति फरार भए पनि कपडाहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुबै घटनामा नियन्त्रणमा लिइएको सामानको अनुसन्धान प्रक्रिया अघि बढाएको जानाएको छ ।

प्रतिक्रिया