वीरगन्ज :

६० किलो ७८९ ग्राम सुन गालेर जोख्दा सुनको तौल ६० किलो ७१६ ग्राम

६० किलो ७८९ ग्राम सुन गालेर जोख्दा सुनको तौल ६० किलो ७१६ ग्राम

श्रेणी : BANNER

2 years
Pradeep Sah
156Views
0 Shares

काठमाडौं, ३० साउन । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ । सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालेर जोख्दा सुनको तौल ६० किलो ७१६ ग्राम भेटिएको छ ।

राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । तस्करले मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र सुन लुकाएर ल्याएको थियो । त्यसबेला विभागले ब्रेक शु सहितको तौल पनि लिएको थियो ।

यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम गरिएको थियो । यसरी छुट्याइएको सुनको तौल ६० किलो सात सय ८९ ग्राम थियो । तर, सुन गालेपछि सुन जोख्दा सुनको तौल घटेको थियो । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ। वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *