वीरगन्ज :

६० किलो सुन तस्करी प्रकरण: अदालतले १९ फरार प्रतिवादीलाई ३५ दिने सूचना जारी

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
2.9kViews
1286 Shares

काठमाडौं,२६ जेठ । काठमाडौं जिल्ला अदालतले चर्चित ६० किलो सुन तस्करी प्रकरणमा संलग्न १९ जना फरार प्रतिवादीलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। अदालतले पक्राउ पुर्जी जारी गरिए पनि उपस्थित नभएकाले गोरखापत्र दैनिकमा नामसहित सूचना प्रकाशित गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले प्रारम्भिक अनुसन्धानपछि २०७९ भदौ ३१ मा २९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अवैध सुन भन्सार छली, संगठित अपराध, राहदानी ऐन, नागरिकता किर्ते, र हातहतियार खरखजाना जस्ता अभियोगहरूमा मुद्दा लगाइएको थियो।

त्यसपछि दोस्रो चरणको अनुसन्धानमा थप ४६ जनालाई प्रतिवादी बनाउँदै २०७८ असार १८ मा मुद्दा दायर गरियो। तर, तीमध्ये २६ जना फरार थिए। हालसम्म १९ जना अझै बेपत्ता छन्।

६ चिनियाँसहित १९ प्रतिवादी फरार

फरार प्रतिवादीहरूमा ६ जना चिनियाँ नागरिक छन् — लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, हेनेरी (झोङ जिङचुआन), र पिङ लिङफेङ। नेपाली नागरिकहरूमा राम गुरूङ, लेखनाथ कार्की डोली, कुमार भुजेल, दिलिप भुजेल, विकेन्द्र भुजेल, जिवनकुमार गुरूङ, पाल्साङ लामा, जिवन चलाउने, र भिमबहादुर मगर परेका छन्। भारतीय नागरिकहरू अभिजित तानाजी मुलिक, माही (अगोल कलप्पा कुटे), कमलकान्त कुल्थिया र टासी शेर्पा पनि सूचीमा छन्।

सुन तस्करीको यो घटना २०८० साउन २ गते त्रिभुवन विमानस्थलमा अवैध रूपमा आयात गरिएको ब्रेक–शु भित्र सुन भेटिएपछि बाहिर आएको थियो। जाँचपछि ती ब्रेक–शुमा ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो। छानबिनबाट रेडी ट्रेड प्रालि नामक कम्पनीले चीनबाट ब्रेक–शु भित्र्याएको खुलेको थियो, जसको नाममा दोलखाका दिलिप भुजेल थिए। उनीहरूले विभिन्न नक्कली कम्पनीमार्फत सुन तस्करी गर्दै आएको पाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *