वीरगन्ज :

६०४ किलो गाँजासहित ट्रक चालक महोत्तरी प्रहरीको नियन्त्रणमा

श्रेणी : अपराध

9 months
Pradeep Sah
1.7kViews
1932 Shares

महोत्तरी, २५ माघ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० पोकामा रहेको ६०४ किलो लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार राति जलेश्वर–बर्दीबास सडकखण्डस्थित भंगहा नगरपालिका–६ मजराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको संयुक्त टोलीले प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधेर कालो प्लास्टिकले छोपिएको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानका अनुसार विशेष सूचनाको आधारमा गरिएको छड्के कारबाहीमा ट्रक चालक उदयपुर कटारी नगरपालिका–१ निवासी २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । गाँजाको अवैध तस्करी नियन्त्रणका लागि प्रहरीलाई सक्रिय बनाइएको प्रवक्ता चौहानले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *