वीरगन्ज :

५ महिनाको छोरालाई घाटी थिची हत्या गरेको आराेपमा २२ बर्षिय आमा पक्राउ

श्रेणी : BANNER

11 months
Pradeep Sah
1.9kViews
1847 Shares

वीरगंज (पर्सा), ३ जेठ । प्रहरीले आफनै छाेराकाे हत्या आराेपमा आमालाई पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिका वडा नं. १७ अलौ निवासी अमरजीत कुमारकी श्रीमती २२ बर्षिय आरती कुमारीलाई प्रहरीले पक्राउ गरेकाे हाे । घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची मारी फरार रहेकी आरतीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए ।

उनका अनुसार आरती मिति २०८०।०४।२७ गते बिहान ०९:०० बजेको समयमा आफनै छाेरालाई मारी फरार भई भारतकाे पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आईरहेकी थिइन ।  पर्सा जिल्ला अदालतबाट मिति २०८०।०७।१९ गते आरतीमाथि भएको ज्यान सम्बन्धी (कर्तव्य ज्यान ) मद्दामा पक्राउ पुर्जी जारी भएकाे थियाे । बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार दउसाे ३ बजेको समयमा आराेपति आरतीलाई वीरगंज महानगरपालिकाकाे वडा नं.१३ बाट पक्राउ गरिएकाे प्रवक्ता थापाले जानकारी दिए ।

आरतीलाई अदालतबाट जारी भएको पक्राउ पुर्जी दिई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको  प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *