वीरगन्ज :

५ करोड भारु फिरौती माग्ने पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.5kViews
1382 Shares

काठमाडौं,२० चैत । सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बुढा क्षेत्रीविरुद्ध अपराधिक लाभ मुद्दाका अनुसन्धान अघि बढाइएको इप्रका कोहलपुरका डिएसपी धर्मराज भण्डारीले बताए।

बाँकेका एक पूर्ववडाअध्यक्षलाई उनले धम्काएका हुन्। धम्काउन फ्रान्सको ह्वाट्सएप नम्बर प्रयोग गरेका थिए।

पक्राउ परेका रामबहादुर यसअघि पनि विभिन्न अपराधिक मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन्। माओवादी नेता शक्ति बस्नेतलाई लक्षित गरी गोली प्रहार गरेको घटनामा उनी पाँच वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *