वीरगन्ज :

३९ लाखबढी मूल्यका सामानसहित दुई ट्रक बारा प्रहरीकाे नियन्त्रणमा

श्रेणी : अपराध

2 days
Pradeep Sah
2.9kViews
1871 Shares

वीरगन्ज, २१ माघ । बारा प्रहरीले विशेष सूचनाका आधारमा ३९ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सामानसहित दुई मिनी ट्रक नियन्त्रणमा लिएको छ।

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चौकमा प्रहरी चौकी पथलैयाको टोलीले विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.०१–०२–००१ ख ८०८६ नम्बरको ट्रकलाई गएराति रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बिल विजकभन्दा बढी मूल्यको ३८ लाख १६ हजार ७६० रुपैयाँ बराबरको इलेक्ट्रोनिक सामान, कपडा, कफी तथा अन्य खुद्रा सामग्री ट्रकमा लोड भएको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै, बाराको महागढीमाई नगरपालिका वडा नं. २ ईनर्वा चोकबाट ना ७ ख ३४३९ नम्बरको मिनी ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तेलकुवाबाट बरियारपुर जाँदै गरेको ट्रकमा एक लाख ६८ हजार रुपैयाँ बराबरको सात टन आलु लोड रहेको थियो ।

दुवै ट्रकका बिल भरपाईभन्दा बढी मूल्यका सामान पाइएको र सामानको स्रोत स्पष्ट गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। नियन्त्रणमा लिएका ट्रक र सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *