वीरगन्ज :

३० दिनभित्र चोरी निकासी नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

श्रेणी : अर्थ

2 months
Pradeep Sah
2.9kViews
1944 Shares

विराटनगर,३१ बैशाख । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन्। कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए।

गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्दै आपराधिक गतिविधिमा संलग्न जोसुकैलाई पनि कानूनी दायरामा ल्याई दण्डित गर्न सुरक्षा निकायलाई निर्देशन दिए। मुलुकको संविधान र शासन व्यवस्था विरोधी गतिविधि सैह्य नहुने उल्लेख गर्दै उनले सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट राष्ट्रसेवक कर्मचारीलाई नभएको बताए।

उनले सीमा क्षेत्रमा हुने चोरी निकासी जस्ता आपराधिक गतिविधि ३० दिनभित्र नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए। लागुऔषध कारोबार, आत्महत्या, साइबर अपराध र सवारी दुर्घटना न्यूनीकरणमा पनि उनले जोड दिए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकाससँगै सुरक्षा चुनौती थपिएको बताए। उनले कोशी प्रदेशमा जातीय र पहिचानवादीका कारण सुरक्षामा केही समस्या भए पनि नेपाली समाज एकात्मक व्यवस्थामा फर्कन नसक्ने स्पष्ट पारे।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुला सीमाका कारण राजस्व चुहावट भइरहेको बताए। सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्न, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न र सुरक्षा चुनौती सामना गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।

गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी र प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *