वीरगन्ज :

२८ लाख नगदसहित दुई भारतीय नागरिक पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

3 months
Pradeep Sah
2.3kViews
1379 Shares

कैलाली,१७ कातिक । धनगढीमा शंकास्पद रूपमा ठूलो मात्रामा नगद बोकेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोकमा नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको कार रोकिएको थियो। प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको टोलीले कार रोक्दै तलासी लिँदा उक्त रकम फेला परेको हो।

पक्राउ परेकामध्ये भारत, लखीमपुर खीरीका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता रहेका छन्। उनीहरू सवार कारको दर्ता नम्बर युपी–३१–सीएन–११७५ रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा निगरानी राखिएको र रकम भेटिएपछि दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा स्रोत–प्रमाणबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *