वीरगन्ज :

२५ हजार रुपैयाँ घुससहित राेल्पाका ट्राफिक प्रहरी प्रमुख पक्राउ

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.5kViews
1030 Shares

काठमाडौं,११ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सवारी साधन आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस माग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनलाई अख्तियारले २५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *