वीरगन्ज :

२४ घण्टामा चट्याङका कारण १८ जना घाइते

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.8kViews
1460 Shares

काठमाडौं,०१ असार । पछिल्लो २४ घण्टामा देशभर विभिन्न स्थानमा चट्याङ, लेक लाग्ने र आगलागीजस्ता घटनाबाट कम्तीमा २१ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एकै दिनमा चट्याङकै कारण १८ जना घाइते भएका हुन्।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले दिएको जानकारी अनुसार चट्याङका घटना सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानलगायत जिल्लामा भएका छन्।

रोल्पा सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ। रोल्पाको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा ६ जना बालबालिका घाइते भएका छन् भने त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा चट्याङ पर्दा थप २ जना घाइते भएका हुन्।

त्यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिकामा २ जना, प्यूठानको ऐरावती गाउँपालिकामा २ जना, दाङको घोराही उपमहानगरपालिकामा पनि २ जना घाइते भएका छन्। साथै, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा एक–एक जना चट्याङबाट घाइते भएका छन्।

यसबाहेक, रसुवामा लेक लागेर एक जना र रुपन्देहीमा आगलागीका कारण दुई जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३० वटा विपद्सम्बन्धी घटना दर्ता भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *