वीरगन्ज :

२१ लाख अवैध रुपैयाँ सहित हुण्डी कारोबारमा सलंग्न ५ जना बारा प्रहरीको नियन्त्रणमा

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.7kViews
1813 Shares

कलैया (बारा), २१ फागुन । बारा प्रहरीले २१ लाख अवैध रुपैयाँ सहित हुण्डी कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा निवासी २९ बर्षिय रंजित सरार्फ, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर निवासी ४२ बर्षीय कृष्ण लाल प्रसाद, भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा निवासी ४० बर्षीय रबि शंकर सिंह, बाराको कलैया उपमहानगरपालिका वडा न.७ मा बस्ने निवासी ३१ बर्षीय कलामुद्दिन अन्सारी र महागढीमाई नगरपालिकाको वडा नं.१ निवासी ३९ बर्षीय मेराजुल हक अन्सारी रहेका छन् ।

पक्राउ परेका कलामुद्दिन र मेराजुल कलैया उपमहानगरपालिकाको वडा नं.४ स्थित रहेको आसिफ मनि चेन्जरका संचालक हुन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते शुक्रबारका दिन कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रन्जित सर्राफलाई पक्राउ गरेको थियो । कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा सर्राफ साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली ५ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार हुण्डी कारोबारमा संलग्न रहेका कलामुद्दिन र मेराजुललाई पनि पक्राउ गरी बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको बताए । त्यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट खटिएको प्रहरी टोलिले फागुन २० गते आइतबार दिउँसो ४ः०० बजेको समयमा बाराकै विश्रामपुर गाँउपालिका वडा नं. १ छतवा कलयानपुर सुलिगेट स्थितबाट अन्य दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाई छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बि.आर. ०५ ए.आर. ३५०९ नम्बरको भारतीय मोटरसाइकलमा रहेका दुबै जनाको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली १६ लाख ९ हजार रूपैया वरामद भएको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरुलाई पनि नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *